केहि दिन अघि चलचित्र 'हेलो जोन्दगी' को सुटिङको लागी लन्डन उडेकी स्वेता खड्का एकाएक बिरामी परेपछी यतिबेला दिल्लीमा उपचार गराइरहेकी छिन् । लन्डन गएको केही दिनपछि घाँटी र चिउँडो नजिकै निकै पीडा हुन थालेपछी डाक्टरसँग परामर्श गर्दा गर्धनमा ट्युमर देखिएको र तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना देखिएपछि दिल्ली ल्याएर उनको शल्याक्रिया गरिएको हो ।
स्वेताले आफ्नो फेसबुक स्टयाटसबाट आफ्नो पछिल्लो स्वास्थ अवस्थाको बारेमा जानकारी दिएकी थिइन् ।'फिल्म 'हेल्लो जिन्दगी' को सुटिङका लागि लन्डन गएको केही दिनपछि मेरो घाँटी र चिउँडो नजिकै निकै पीडा हुन थाल्यो । डाक्टरसँग परामर्श गर्दा गर्धनमा ट्युमर देखियो । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना देखिएपछि हाल दिल्ली आएर उपचार गराइरहेकी छु', उनले स्टाटसमा लेखेकी छन् । शल्याक्रिया सफल भएको र केही दिनमा उनि नेपाल फर्किने बताइएको छ । आफ्नो स्वास्थ्य स्थितिको कारण चलचित्र 'हेल्लो जिन्दगी' लाई निरन्तरता दिन नसकेको पनि स्टाटसमार्फत् जानकारी गराएकी छन् ।