प्रेम गीत , मधुमास, म यस्तो गीत गाउँछु, राम कहानी लगायत दर्जन हाराहारी चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेकी नायिका पुजा शर्माको आज २६औँ जन्मदिन परेको छ । सन् १९९४मा आजकै दिन सिन्धुपाल्चोकमा जन्मिएकी पूजाले पत्रकारिता मार्फत करीअर सुरुवात गरेकी हुन् भने चलचित्र क्षेत्रमा छोटो समयमा नै दर्शकको मन जित्न सफल नायिका हुन् । चलचित्र 'प्रेम गीत' बाट ठुलो फ्यान फलोअर्स कमाएकी पुजा भर्खर चलचित्र 'सम्हालिन्छ कहिले मन' को सुटिङ सकेर लन्डनबाट फर्किएकी हुन् । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।आफ्नो काम र दर्शकको प्रेमलाई ठुलो सम्झिने पुजाको आउने दिनहरु पनि सफल र सुन्दर बनोस् जन्मदिनको शुभकामना ।