धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनमा निर्माण गर्न लागेको ' गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोग संकलन गर्ने उद्देश्यले दुबईमा आयोजना गरिएको ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट २२ लाख सहयोग उठेको छ । २६ अप्रिलमा 'चितवन समाज दुबई'को संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् ।कार्यक्रममा धुर्मुस सुन्तलीका साथै चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । कार्यक्रममा सहभागी भएका कलाकार टिम नेपाल फर्किसकेको छ ।