भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ । 'फूल भए जिन्दगी', 'यो दुई थोपा आँशु', 'म त अब रिसाउँछु' लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेका सानुले लामो समयपछी नेपाली गीतमा आवाज दिएका हुन् ।  कृसु क्षेत्रीको शब्द रहेको गीतमा युग भुषालको संगीत रहेको छ। जिवन र प्रेम को नियम मर्नु र छुट्नु भए पनि प्रेम कहिल्यै नछुटोस् भन्ने भाव गीतले बोकेको छ । यसैगरी  गीतको भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेलाई फिचर गरिएको छ, भिडियोलाई दिलिप समनले निर्देशन गरेका हुन् भने रोशन पराजुलीले निर्माण गरेका हुन् ।  कुमार सानुको आवाजका फ्यान श्रोताहरुको लागी यो कोसेली आकर्षक बनेको छ र दर्शक श्रोताले पनि रुचाएको प्रतिकृया दिइरहेका छन् ।