चलचित्र निर्माण गर्न पर्दा पछाडी र पर्दामा देखिने गरि काम गर्ने सबैको समान भूमिकाले मात्र एउटा सफल चलचित्रको जन्म हुन्छ । बिडम्बना चलचित्र सफल असफल हुँदा नाम भने पर्दामा देखिने कलाकारको निर्माता निर्देशकको मात्र नाम आउँछ । पर्दा पछाडी रहेर मिहिनेत गर्नेको नाम गुमनाम हुन्छ । यही तितो यथार्थलाई नजर अन्दाज गर्दै जेठ ३ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र 'विर विक्रम २'ले पर्पल कार्पेट प्रिमियर गर्ने भएको छ । शान्ति र समानताको संदेश दिने पर्पल कलरलाई लिएर प्रिमियर गर्नुको उद्देश्य कलाकार र प्राविधिकलाई राजकीय सम्मान दिएर मनोबल उँचो पार्नु हो भन्दै निर्देशक मिलन चाम्सले चलचित्रको थिम पनि त्यही रहेको बताए । जेठ १ गते भव्य रुपमा प्रिमियर गर्ने तयारी भैरहेको बताइएको छ ।
मित्रता र प्रेमको कथा भन्ने सिनेमामा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङको मुख्य भूमिका छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् । ‘विर विक्रम २’मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।