आफ्नो २६औँ जन्मोत्सब मनाएकी पुजा त्यस्ती नायिका हुन् जसका केटाकेटि, युवा युबती सबै उमेर समुहका फ्यान फलोअर्स छन् । उसो त उनले जिवनमा यस्ता २६ जन्मोत्सब मनाइ सकिन, कुनै धुमधामसँग मनाइन् होला भने कुनै सामान्य तरिकाले तर यस पटकको जन्मदिन पक्कै पनि उनको विशेष बनेको छ । फ्यानहरुकै आयोजनामा पुजाले उनको २६औँ जन्मदिन फ्यानहरुसँगै बसेर केक काटेर मनाइन् ।

फ्यानहरुको आयोजनामा सम्पन्न सेलिब्रेसन मा केक काट्दै आफुले पाएको माया अमुल्य रहेको  पुजाले बताइन । पुजा र उनका स्क्रीन पाट्नर आकाश पनि सहभागी भएको सेलिब्रेसनमा फ्यानहरुले पुजासँगै आकाशलाई पनि सुनको सिक्री उपहार दिएका थिए ।

 फ्यानहरुका बिच मनाइन पुजाले जन्मदिन  फ्यानहरुका बिच मनाइन पुजाले जन्मदिन

पूजा शर्माको हार नमानी अगाडि बढ्ने शैली र हरेक कुरामा स्पष्ट बोल्ने बानी आफूहरुलाई विशेष मनपर्ने उनका फ्यानहरुले बताए । पूजा र आकाशको जोडी सबैभन्दा उत्कृष्ट लागेको उनीहरुको भनाई थियो ।  

 फ्यानहरुका बिच मनाइन पुजाले जन्मदिन  फ्यानहरुका बिच मनाइन पुजाले जन्मदिन