प्रेम र कमेडिको केमेस्ट्री निकै स्वादिलो र रमाइलो हुन्छ । त्यस माथी रिसाउँदा फकाउने प्रेमी हुनु अनि बेला बेला हाँसिमजाक हुनु जत्तिको सुन्दर के नै हुन्छ र ? वास्तविक जिवनमा यो कती को जिवनमा लागु होला कती को नहोला तर यही भाव अनि प्रस्तुती भएको ''चाउचाउ गीत ' सार्वजनिक भएको छ । प्रेम आङ्देम्बेको स्वर रहेको गीतलाई कोमल सयपत्रीले लेखेका हुन् भने शंकर थापाले सङ्गीत दिएका हुन् । गीतको भिडियोमा केकी अधिकारी र प्रेम आफै फिचर्ड छन् । भने उनिहरुका साथमा सुरबिर पन्डित्, निरु खड्का, बिनोद राईको प्रस्तुती रहेको छ जसले गीतलाई मनोरन्जनात्मक बनाउन सफल भएका छन् । गीत को भिडियोलाई  प्रमोद भन्डारीले कोरियोग्राफी गरेका हुन् भने नितीन चन्दले निर्देशन गरेका हुन् ।