स्वतन्त्रता सबैलाई प्यारो हुन्छ भन्ने भाव बोकेको गीत ''स्वतन्त्र'' सार्वजनिक भएको छ । मजदुर दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतलाई हेमन्त शर्माले गाएका हुन् । जे सुकै काम गरे पनि खुशी भएर बाँच्न सक्ने, आरामको निद्रा निदाउन सक्ने स्वतन्त्र मानिसको कथा बोकेको गीतले कसैको गुलामी नगरी आफ्नै पाखुरीको बलले कमाएको खाएर स्वतन्त्र बाँच्नु पर्छ भन्ने मर्म बोकेको छ । गायक शर्माले सार्वजनिक गीतलाई जनताको गीत भनेका छन् । गीतको म्यूजिक भिडियोमा युमी बलामी तथा शुभम भुजेलले अभिनय गरेका छन् । साथमा एउटै खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चामा रहेकी कलाकार रोमा न्यौपानेलाई पनि  देख्न सकिन्छ । 

गीतलाई हेमन्त आफैँले लेख्नुका साथै सङ्गीत भर्ने काम पनि गरेका छन् । गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ भने भिडियो निर्देशन हेमन्त शर्माको रहेको छ । मजदुर वर्गको संघर्ष र त्यस बाट पाउने खुशी झल्किने भिडियोलाई बुद्ध थापा र  टिमले खिचेको हो ।