निर्देशक तथा निर्माता सुदर्शन थापाले दरबारमार्गमा रहेको याक एण्ड होटल मार्गमा 'चिट मिल' नामक खोलेका छन् । रेष्टुरेन्टमा सुदर्शनसँगै राज कटुवाल र अविशेष शाहले लगानी गरेको छ । मंगलबार नायिका पूजा शर्माको जन्मदिन मनाएर उक्त रेष्टुरेन्टको औपचारिक उद्घाटन गरिएको हो । यस्तै उनले पूजाको वर्थ डे सेलिव्रेसन कार्यक्रममा आफ्नो व्यवसायको साथमा सुटिङको क्रममा रहेको चलचित्र 'सम्हालिन्छ कहिले मन' को बारेमा पनि जानकारी दिए । चलचित्रको लन्डनमा सुटिङ सकेर टिम केहि दिन अघि मात्र नेपाल फर्किएको थियो । बाँकी सुटिङ पनि छिट्टै मुस्ताङ लगायत ठाउँमा सम्पन्न हुने छ । भने साउन अथवा भदौमा रिलिज हुने छ ।