नायक राजेश हमाल संचालक रहेको 'केबिसी'को फ्रेन्चाइज सो 'को बन्छ करोडपती' को ३८औँ एपिसोडको लागी पत्रकार रवी लामिछानेलाई हट सिटमा निम्त्याइएको छ । कार्यक्रममा रविलाई ल्याउनु पर्ने माग रवी लामिछानेका फ्यानहरुले धेरै पहिलेदेखी गरिरहेका थिए । सोही मागलाई मध्यनजर गर्दै केबिसी टिमले आगामी एपिसोडको लागी उनलाई निम्त्याएको हो । बुधवार सुटिङ भएको एपिसोड प्रत्यक्ष लाईभ रेकर्डिङ हेर्न उनका समर्थकहरु केबिसी हल पुगेका थिए । ठुलो सङ्ख्यामा उपस्थित समर्थकलाई जब ठाउँ अभावका कारण हल भित्र प्रवेश गर्न दिइएन तब माहोल तनाबमा परिणत भयो । तनाब ग्रस्त अवस्थालाई केबिसी टिमले मिलाउन सकेन तनाब व्यवस्थापन गराउन कार्यक्रमको हट सिटमा बस्न पुगेका रवी नै पुग्नु पर्यो । रविले समर्थकको सामु उपस्थित भएर नसम्झाएसम्म माहोल सामान्य बन्न सकेन ।
हलमा समर्थकको लागी ठाउँ नभएको र सबैलाई सहभागी गराउन नसकिएको भन्दै उनिहरुलाई प्रवेश गर्न नदिएको सहभागीको आरोप थियो । पानी परिरहेका बेला भिज्दै बस्नु परेको र आफुसँग भएको मोबाइल फोन पनि लकरमा राखिएको र घन्टौँसम्म अल्झिएर बस्नु परेको भनि समर्थकले बिरोध जनाएका थिए ।