रामकृष्ण श्रेष्ठ र जेनी खालिङको स्वर रहेको गीत 'रसिलो' सार्वजनिक भएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतलाई डि.बि परीश्रमीले लेखेका हुन् । अनु शाह र नरेन खड्कालाई फिचर्ड गरिएको भिडियोमा सुरेन बसेलले नृत्य निर्देशन गरेका हुन् भने समन अधिकारीले निर्देशन गरेका हुन् । बैशमा आफुले मन पराएको मान्छेलाई फकाउन गरिने प्रयासलाई गीत को भाव बनाइएको छ । एक अर्कालाई प्रेम गरे पनी नगरेझैँ गरी घुर्की लगाउने प्रेमी प्रेमीकाको हर्कतलाई दृश्यमा कैद गर्ने काम निरोज श्रेष्ठले गरेका छन् । ओएस आर डिजिटलले सार्वजनिक गरेको गीतलाई रेस्क्यु कृएसन्सले प्रस्तुत गरेको हो ।