जेठ ३ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र 'विर विक्रम २'को यतिबेला जोडतोडले प्रचारप्रसार भैरहेको छ । प्रचारप्रसारको बिभिन्न उपायहरु अपनाउने क्रममा चलचित्र टिम बुधवार 'काठमाडौँ औद्योगिक, व्यापार, पर्यटन तथा बृहत सांस्कृतिक कार्यक्रम २०७६' मा सहभागी हुन पुगेको थियो । कमल खत्री, रितु कंडेल लगायत कलाकारको प्रस्तुती रहेको कन्सर्टमा 'विर विक्रम २' का कलाकार वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन, लगायत कलाकार उपस्थित थिए ।

सयौँको सङ्ख्यामा उपस्थित दर्शकका सामु उनिहरुले छोटा मिठा प्रस्तुती पनि दिएका थिए । 
गीत , ट्रेलर, पोस्टर लगाएत सामाग्री एकपछी अर्को गर्दै सार्वजनिक गरिरहेको चलचित्रले जेठ एक गते भब्य पर्पल कार्पेट प्रीमियर गर्ने तयारी गरिरहेको छ ।

'विर विक्रम २' प्रमाेसन : हजाराैँ भिडसामु पल,नाजिर र बर्षाले मर्काए कम्मर 'विर विक्रम २' प्रमाेसन : हजाराैँ भिडसामु पल,नाजिर र बर्षाले मर्काए कम्मर

मित्रता र प्रेमको कथा भन्ने चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङको मुख्य भूमिका छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने चलचित्रमा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् ।  

'विर विक्रम २' प्रमाेसन : हजाराैँ भिडसामु पल,नाजिर र बर्षाले मर्काए कम्मर 'विर विक्रम २' प्रमाेसन : हजाराैँ भिडसामु पल,नाजिर र बर्षाले मर्काए कम्मर 'विर विक्रम २' प्रमाेसन : हजाराैँ भिडसामु पल,नाजिर र बर्षाले मर्काए कम्मर