जेठ ३ गते प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'जात्रै जात्रा' टिम कार्यक्रम 'को बन्छ करोडपती'मा सहभागी हुन पुगेको छ । प्रचारप्रसारको दौरानमा रहेको चलचित्र अर्को चलचित्र 'विर विक्रम'सँग प्रतिष्पर्थामा उत्रीनु पर्ने छ त्यसैले पनि जात्रै जात्राले प्रचारप्रसारको गती बढाइरहेको छ ।  चलचित्रका नायक दयाहाङ राई र विपिन कार्कीले हट सिटमा नायक राजेश हमालसँग केबिसी खेलेका हुन् । उनिहरुका अनुसार कार्यक्रमबाट जितेको रकम 'स्वेता श्री' फाउन्डेसनलाई हस्तान्तरण गरिने छ । यसबारे जानकारी दिँदै चलचित्रका निर्देशक प्रदिप भट्टराइले भने–‘हामीले को बन्छ करोडपतिबाट जती रकम जितेका छौ, त्यसमा हाम्रो टिमबाट थप गरेर नायिका स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्दैछौ ।’ नायक राजेश हमालसँग बसेर हट सिटमा खेल खेल्दा रमाइलो र नयाँ अनुभुती भएको नायक दयाहाङ राइले बताए भने खेल खेल्न सहज नभएपनि रमाइलो भएको विपिन कार्कीले  सुनाए । 
चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिं बानियाँ, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।