मह सञ्चारको प्रतुतीमा किरण केसीले निर्माण र सुदन केसीको निर्देशन रहेको चलचित्र 'दाल भात तरकारी' यही बैशाख २० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । चलचित्रको रिलिज मिती नजिकिँदै जाँदा मल्टिप्लेक्समा टिकट बुकिङ्ग खुल्ला गरिएको छ । सोलो रिलिज हात पारेको चलचित्रले राजधानीका क्युएफएक्स सिनेमा हलहरुमा २० शोज पाएको छ । वैशाख १३ गते रिलिज भएको हलिउड चलचित्र ‘एभेन्जर्स इण्ड गेम’को दबदबा हल हरुमा अझै देखिएको भए पनि यसकै कारण सोज नपाएको चलचित्र 'ए मेरो हजुर ३' पनि हलहरुमा लाग्ने छ । यसका साथै क्युजमा ए मेरो हजुर ३, एभेन्जर्स इण्ड गेम र दालभात तरकारी गरी तीन चलचित्रको प्रतिष्पर्धा हुनेछ ।
मल्टिस्टारर चलचित्रमा निरुता सिंह्, हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, किरण केसी, यमन श्रेष्ठ, बसुन्धरा भुषाल लगायत कलाकारको अभिनय रहेको छ ।