पूनम इन्टटरमेन्टले निर्माण गरेको चलचित्र 'मारुनी'को छायाङ्कन सकिएको छ । लगातार ५२ दिनको छायाङ्कन पछी चलचित्रको छायाङ्कन सकिएको हो । पूनम इन्टटरमेन्टद्वारा निर्मित 'मारूनी' दोस्रो चलचित्र हो । नवल नेपालले निर्देशन गरेको चलचित्रलाई पुनम छेत्री गौतमले निर्माण गरेकी हुन् । साम्रागी आर.एल शाह, पुष्प खड्का, रेबिका गुरुङ लगायत कलाकारको अभिनय रहेको छ भने साम्रागीले पहिलो पटक ट्रन्स जेन्डर युवतीको भूमिकामा देखिने भएकी छिन । त्रीकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा साम्रागी र पुष्पको जोडी पहिलो पटक एकसाथ देखिने भएको हो ।  चलचित्र भदौ  १३ मा प्रदर्शनमा आउनेछ ।