यो हप्ताको शुक्रबार नेपाली चलचित्र 'दाल भात तरकारी' प्रदर्शनमा आएको छ । अघिल्लो हप्ता हलिउड प्रतिक्षित चलचित्र 'एभेन्जर्स: इन्ड गेम' प्रदर्शनमा आएपछी नेपाली चलचित्रको व्यपार खस्किएको छ । एक त नयाँ चलचित्र रिलिज गर्ने साहस जुटाउन सक्ने चलचित्र निर्माता टिमसँग भएनन् भने अर्को त हलहरुले नेपाली चलचित्रलाई सोज नै दिएनन् । दोश्रो हप्तामा पनि दबदवा कायम नै रहेको एभेन्जसर्स: एन्ड गेमसँग प्रतिस्पर्थामा आएको छ 'दाल भात तरकारी' । यसका साथै यो वर्षको सुपर्हिट चलचित्र  'ए मेरो हजुर ३ पनि निरन्तर प्रदर्शन भैरहेको छ ।
एकल प्रदर्शनको संयोग पाएको चलचित्रले क्युएफएक्समा राम्रो सोज समेत हात पारेको छ ।  सुदन केसी निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्कालगायतका कलाकारहरुको प्रमुख भूमिका छ । मह संचारको प्रस्तुती दाल भात तरकारी अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथामा आधारित रहेको छ ।