नेपाल आइडल सिजन २ का पहिलो गेल्डेन माइक पाउने प्रतियोगी मिनराज पौडेल र कृशल कंडेलको आवाज रहेको गीत  ‘बरिलै…’ सार्वजनिक भएको छ । गितमा नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको छ भने भिडियोमा कृशल र मिनराज तथा करिश्मा ढकाल फिचर्ड छ्न् । भिडियोको निर्देशन प्रविण थापाले र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । टप टेनमा पर्न सफल यि दुइको मित्रता सँगै साङ्गीतिक सहयात्रालाई दर्शकले साथ दिने पक्का भएको छ । गीत रिलिज भएको एक दिनमै करिब सवा दुइ लाखले हेरिसकेका छन् भने गीत राम्रो बनेको राम्रो प्रतिकृया पनि दिएका छन् । नेपाल आइडल सिजन २ मा उत्कृष्ट ८ सम्म पर्न सफल कृशलको बरिलै दोश्रो गीत हो भने मिनले नेपाली साङ्गेतिक फाँटमा पाइला राखेको पहिलो कदम हो ।