मदन घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘काउसो’को नयाँ रिलिज डेट तय भएको छ । यस अघि बैशाख २० गते रिलिज मिती तोकिएको भए पनि प्रतिक्षित चलचित्र 'दाल भात तरकारी'सँग जुध्ने साहस नबटुलेको चलचित्र जेठ १७ गतेलाई रिलिज मिती तोकिएको छ । एउटा चलचित्रसँग प्रतिस्पर्था गर्न हिचकिचाएको 'काउसो' ले जेठ १७ मा ‘कुम्भ करण’, ‘कप्स’ र ‘गुप्त’ सँग भिड्नु पर्ने भएको छ ।

अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा बनेको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्य लगायतका कलाकारहरुकोे अभिनय छ । 
अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र कमेडी जनरामा निर्माण भएको निर्देशक घिमिरेले बताएका छन् । अन्चिला केसी कार्यकारी निर्माता रहेको काउसोका निर्माता सिताराम तिमल्सिना ज्याक र भगवान खत्री हुन् । निर्देशक घिमिरे कै कथा रहेको चलचित्रको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् ।