एक्सन हिरो विराज भट्टको निर्माण र निर्देशनमा चलचित्र ‘साङ्गलो’ बन्ने भएको छ । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्र 'साङ्गलो'मा नायक विराजसँगै मिस नेपाल निकिता चन्डकले स्क्रीन सेयर गर्ने छिन् । विराजले करिब १ वर्ष अगाडिदेखि फिल्मको निर्माणमा जुटेको बताए यसैगरी आफुले पहिला पनि चलचित्र निर्माण गर्ने प्रयास गरेको तर बिभिद कारणले चलचित्र निर्माण हुन नसकेको अब भने आफैँ नयाँ चलचित्र बनाएर दर्शकको सामु पुग्ने उनको भनाइ थियो । उनले ५० दिनको कार्य तालिका बनाएर वैशाख २४ गते देखि छायांकनमा जाने बताएका छन् । 
यसैगरी चलचित्रमा अभिनय गर्ने रुची नभएको भनिएकी निकिताले आफुलाई अफर आउँदा चलचित्र गर्ने मन नभएको र स्क्रीप्ट पढेपछी स्क्रीप्टले छोएपछी अभिनय गर्ने निर्णय गरेको बताएकी छिन् । चलचित्रमा विराज , निकिताका साथमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, भारत शाह र रमेश सोडारीको अभिनय रहने छ । एक्सन लभ स्टोरी जनरामा बन्ने चलचित्रमा सुरेश अधिकारी, राजन राज सिवाकोटी र खम्बू सिंहको संगीत, मानकृष्ण महर्जनको छायांकन रहेको छ विराज भट्टको डेब्यु निर्देशनमा बन्ने चलचित्रमा शिवम अधिकारीको लेखन रहेको छ भने द्वन्द निर्देशन श्री श्रेष्ठको रहेको छ ।