'११औं इएनआई छायाँछवि डि सिने अवार्ड २०७६'को 'छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड' वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै 'छायाँछवि सिनेमाकर्मी रजत सम्मान २०७६ बाट तीन दशकदेखि आधुनिक गायन तथा पाश्र्व गायनको रुपमा सक्रिय हुँदै आएकी गायिका देवीका बन्दना तथा विगत दुइ दशक देखि चलचित्रमा निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ । यसै अवसरमा छायाँछवि सिनेमा पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका अनन्त वाग्लेलाई पुरस्कृत गरिने भएको छ ।
वैशाख २१मा काठमाडौंमा आयोजना हुने कार्यक्रममा सम्पुर्ण पुरस्कृत सर्जक, चलचित्र तथा चलचित्र कर्मीलाई सम्मान एव्ं पुरस्कार हस्तान्तरण गरिने छ । ११औं इएनआई छायाँछवि डि सिने अवार्ड २०७६ का अवसरमा प्रदान गरिने सम्मान एवं पुरस्कार अन्तर्गत छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु.२५०२५।– सहित प्रमाण–पत्र रहेको छ भने छायाँछवि सिनेमाकर्मी रजत सम्मान २०७६ मा प्रमाण–पत्र प्रदान गरिनेछ । यस्तै छायाँछवि सिनेमा पत्रकारिता पुरस्कारमा नगद रु .१११११।– सहित प्रमाण–पत्रले सम्मान गरिने कुरा आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए ।