गायिका मेलिना राई र गायक हरि लम्सालको स्वर रहेको गीत ‘परानै दिन्छु’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा भिडियो सहित सार्वजनिक भएको गीतमा प्रल्हाद शाहको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ । नायक दयाहाङ राइ र लक्ष्मी बर्देवा फिचर्ड गीतको भिडियोलाई  निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियो विकाश धमलाको सम्पादन गरेका हुन् भने बुद्ध थापाले छायांकन गरेका हुन् ।

यदाकदा मात्रै म्युजिक भिडियोमा काम गर्ने गरेका दयाहाङ राईले राम्रो कन्सेप्टमा भिडियो बन्नेका कारण काम गर्न राजी भएका हुन् । कुनै पनि काम सानो ठुलो नहुने बरु प्रेम अनि सन्तुष्टिले खुशी दिने भाव बोकेको गीताको भिडियो सुन्दर बनेको छ । धन सम्पती भन्दा माया ठुलो हो खुशी ठुलो हो भन्ने आशय बोकेको गीतले जीवनको मर्म बोकेको छ ।