प्रदर्शनको मिती नजिकिँदै जाँदा चलचित्र 'बीर विक्रम २' ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । जेठ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रले प्रचारप्रसारको क्रममा मोफसल यात्राको आयोजना गरेको छ । टुरका क्रममा पोखरा पुगेको चलचित्रका कलाकार साहितको टोलिले पोखरा चिप्लेढुङ्गामा कन्सर्ट गरेको छ । फिल्मका मुख्य चार पात्र पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धी तामाङ सहित बाल कलाकार मनिष गायक दिपक लिम्बुले पोखरामा आयोजित कन्सर्टमा आफ्नो प्रस्तुती राखेका थिए ।
दर्शकको उलेख्य उपस्थिती रहेको कन्सर्टमा बोल्दै निर्देशक मिलन चाम्सले नेपाली चलचित्रको गुणस्तर पछिल्लो समय बढ्दै गएको र नेपाली चलचित्रका दर्शक बढ्दै आएकोमा लगानी समेत बढेको बताए । उनले नेपाली चलचित्र प्रदर्शनमा लागी पोखरा महत्वपुर्ण गन्तब्य बन्ने गरेको बताए । पोखरेली दर्शकले नेपाली चलचित्रप्रतिफ देखाएको प्रेम प्रति कृतज्ञ रहेको बताए । सहभागी कलाकारले बिर विक्रम राम्रो चलचित्र बनेको र यसलाई माया गरिदिन दर्शकलाई आनुरोध समेत गरे ।