शुक्रबारदेखी देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'दाल भात तरकारी'ले बम्पर ओपनिङ गरेको छ । सोलो प्रदर्शनको साइत जुरेको चलचित्रले काठमाण्डौका सिङल थिएटर देखी मल्टिप्लेक्स सम्म राम्रो अकुपेन्सी हात पारेको छ । शनिबारको पहिलो सोबाटै  सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका हलहरुमा दर्शकको राम्रो उपस्थिती रहेको थियो । क्युएफएक्समै २४ सोज् पाएको चलचित्रले अन्य सिङ्गल थिएटरमा पनि दर्शको चाप महसुस गरेको थियो । 
 

हाउसफुल ‘दाल भात तरकारी’, कलाकारहरु हल पुग्दा यस्तो बन्यो माहोल

चलचित्रका निर्माता किरण केसीका अनुसार बिहानैबाट हरेक शोमा ९५ देखि १०० प्रतिशत दर्शकको उपस्थिती रहेको र चलचित्रले सिंगल र मप्टिप्लेक्समा बम्पर कमाई गरेको छ । मिश्रित प्रतिक्रिया पाइरहेको चलचित्र हेरेर निस्किएका दर्शकले आफ्नो समय र पैसा बर्बाद भएको महसुस गरेका छैनन् । अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो चलचित्रले हाँस्य शैलीमा प्रस्तुत गरेको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र प्रदर्शनमा आएसँगै हल हरुमा पुगेर दर्शकसंगै बसेर चलचित्र हेर्ने र प्रतिकृया लिने क्रममा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसी आज बिहानैदेखि काठमाण्डौका विभिन्न हलमा पुगेका छन् । 

हाउसफुल ‘दाल भात तरकारी’, कलाकारहरु हल पुग्दा यस्तो बन्यो माहोल