पछिल्लो समय चलचित्र अवार्ड फेसनको रुपमा मौलाएको छ । दर्जन हाराहारीमा चलचित्र अवार्ड कार्यक्रम आयोजना हुन्छन् र जुरीको सेरोफेरोले भ्याएका चलचित्र नोमिनेसनमा पर्छन् अनि अवार्ड हात पार्छन् । तर आयोजना हुने सबै अवार्डको उद्देश्य एउटै हुँदैनन् वर्षौँदेखी नेपाली चलचित्रलाई उत्थान गर्ने उद्देश्यले आयोजना हुने गरेका अवार्डको गरिमा छुट्टै हुने गर्छ । अवार्डमा गरिने मनोमानिलाई नकार्दै केहि चलचित्र कर्मीले अवार्ड नै बहिस्कार समेत गरिरहेका छन् । यसैबिच एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको छ । काठमाडौंमा आयोजना गरिएको अवार्ड बितरण कार्यक्रममा उत्कृष्ट चलचित्र, चलचित्रकर्मी लगायतलाई सम्मान र पुरस्कार हस्तान्तरण गरियो । २०७५को दशैँको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३ले उत्कृष्ट फिल्मको अवार्डसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र निर्देशकको अवार्ड सहित सार्वधिक ८ बिधाको अवार्ड हात पारेको छ ।
गत वर्षको अन्तिममा रिलिज भएको चलचित्र'यात्रा' ले पनि द्वन्द्व निर्देशक, पटकथा, नव-निर्देशक, सह-अभिनेता, अभिनेता, नव-निर्देशकको अवार्ड सहित ६ बिधाको अवार्ड हात पार्यो । यसैगरी बरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, गायिका देवीका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान, निर्देशक शोभित बस्नेतलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो ।एकदम न्युन सङ्ख्यामा कलाकारको उपस्थिती बिच सम्पन्न कार्यक्रमा बितरण गरिएको अवार्ड त्यती पारदर्शी नभएको उपस्थित केहि कलाकारले प्रतिकृया दिएका थिए । फलत: कार्यक्रमको दौरानमा एक पछी अर्को गर्दै कलाकार कार्यक्रम कक्षबाट बाहिरिरहेका थिए । राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकता दिइने संकार नेपाली चलचित्र अवार्डमा भएको भन्दै हरेक वर्ष 'डि सिने अवार्ड' विवादित बन्ने गरेको छ ।
यि हुन् अवार्ड हात पार्ने चलचित्र
१. उत्कृष्ट पाश्र्वसंगीत
जैशन कुँवर र प्रवेश मल्लिक - भोर
२. उत्कृष्ट साउण्ड डिजाइन
मुकेश शाह - डमरुको डण्डीवियो
३. उत्कृष्ट गीतकार
राजेश श्रेष्ठ - फूल होइन (रोज)
४. उत्कृष्ट गायिका
विन्दु परियार - पहिलो नम्बरमा (छक्का पञ्जा –३)
५. उत्कृष्ट गायक
डेविड शंकर - पहिलो नम्बरमा (छक्का पञ्जा –३)
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
दिपक शर्मा - पहिलो नम्बरमा (छक्का पञ्जा –३)
७. उत्कृष्ट संगीतकार
एलिस कार्की - फूल होइन माया (रोज)
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
बसन्त श्रेष्ठ - उम्लियो भने (जय भोले)
९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज - तिम्रो लागि (राम काहानी)
१०. उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल के.सी. - यात्रा : अ म्यूजिकल भ्लग
११. उत्कृष्ट बालकलाकार
एञ्जल राई - हैरान
१२. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे - छक्का पञ्जा –३
१३. उत्कृष्ट खलपात्र
माओत्से गुरुङ्ग - चङ्गा चेट
१४. उत्कृष्ट कथा
दिपेन्द्र लामा - गोपी
१५. उत्कृष्ट पटकथा
यात्रा : अ म्यूजिकल भ्लग - सम्राट शाक्य
१६. उत्कृष्ट संवाद
शुशिल पौड्याल - प्रसाद
१७. नव-नायिका
सुहाना थापा - ए मेरो हजुर –३
१८. उत्कृष्ट नव-नायक
घिरज मगर - इन्टु मिन्टु लण्डनमा
१९. उत्कृष्ट नव-निर्देशक
सम्राट शाक्य - यात्रा : अ म्यूजिकल भ्लग
२०. उत्कृष्ट चरित्र-अभिनेत्री
लक्ष्मी गिरी - छक्का पञ्जा –३
२१. उत्कृष्ट चरित्र-अभिनेता
सरोज खनाल - क्याप्टेन
२२. उत्कृष्ट सह–अभिनेत्री
नम्रता सापकोटा - समर लभ
२३. उत्कृष्ट सह–अभिनेता
सलोन बस्नेत - यात्रा : अ म्यूजिकल भ्लग
२४. उत्कृष्ट छायाँकार
सञ्जय लामा - ए मेरो हजुर –३
२५. उत्कृष्ट सम्पादक
विपिन मल्ल - छक्का पञ्जा –३
२६. उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ - प्रसाद
२७. उत्कृष्ट अभिनेता
सलिनमान बनिया - यात्रा : अ म्यूजिकल भ्लग
२८. उत्कृष्ट निर्देशक
दिपाश्री निरौला - छक्का पञ्जा –३
२९. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ - सुहाना इन्टरटेनमेन्ट
३०. उत्कृष्ट चलचित्र
छक्का पञ्जा –३ - आमा सरस्वती मुभिज
क्रिटिक्स अवार्ड : यात्रा
जुरी अवार्ड : डमरुको डण्डीवियो
प्रोत्साहन अवार्ड : सुकुलगुण्डा