आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र ‘सानो मन’ को पहिलो गीत ‘रानु कम्मर’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘रानु कम्मर'को भिडियोमा बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर साजन सिंहले कोरियोग्राफी गरेका हुन् । सिमा राई र सुयोग गुरुङको स्वर रहेको गीत लाई कल्याण सिंह र रोमन बज्रचार्यको संगीत रहेको छ । सुयोग गुरुङको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्रको यस गीतमा तीस लाखको लागत लागेको भनिएको छ । आयुष्मान र शिल्पा फिचर्ड गीतको रिलिजसँगै चलचित्रको रिलिज मिती पनि तोकिएको छ ।
असार २० गतेलाई रिलिज मिती जुराइएको चलचित्रमा आयुष्मान शिल्पाको साथमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलाई पनि देख्न सकिन्छ ।आयोजित कार्यक्रममा अभिनेत्री गौरीले अभिनेता आयुष्मानको नृत्यको खुलेर तारिफ गरिन् । स्वर्गीय श्रीकृष्ण श्रेष्ठपछि आफूलाई आयुष्मान राम्रो नृत्य गर्ने र नृत्यमा निकै मिहिनेत गर्ने कलाकार लागेको समेत उनले बताइन् ।