नेपाली चलचित्र जगतको पहिलो चलचित्र ‘आमा’ पुनः बन्ने भएको छ  । वि.स. २०२० मा हिरासिंह खत्रीले आमा नामक चलचित्र निर्माण गरेका थिए । नेपाली सिनेमा जगतको यो पहिलो चलचित्र हो । त्यसपछि २०५१ सालमा रेसराज आचार्यले नाम सापटी लिएर ‘आमा’ पुन निर्माण गरे । अब २०७६ मा निर्देशक दीपेन्द्र के खनालले नाम सापटी लिँदै आमा निर्माण गर्न लागेका हुन् । मङ्गलवार राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रका निर्माण घोषणा गरिएको थिए । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । आमा–छोरी बिचको प्रेमलाई कथामा प्रस्तुत गरिनेछ । चलचित्रमा कथा निर्देशक खनालको रहनेछ भने छायाङ्कन पनि उनैको रहनेछ । आमाको मुख्य भूमिकामा सुर्यमाला खनाल रहनेछिन् भने छोरीको भूमिका नायिका सुरक्षा पन्तको मुख्य भूमिका रहनेछ । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय रहेको चलचित्र फागुन ९ गतेबाट रिलिज हुनेछ ।
 

दीपेन्द्रको निर्देशनमा तेस्रो पटक ‘आमा’ बन्दै