सफल चलचित्रको सिरिज ‘प्रेमगीत’को तेस्रो सिक्वेलको लागी नायिकाको खोजीकार्य सुरु गरिएको छ । यही वर्षको अन्तिम चैत्र २८ गते प्रदर्शन मिति समेत तय गरिसकेको चलचित्रको लागी नायिका खोजी सुरु गरिएको हो । आशुशेन फिल्मस्को ब्यानरबाट बन्न लागेको प्रेमगीत ३ लाई सन्तोष सेनले निर्माण तथा निर्देशन गर्दैछन् । पहिलो पटक निर्देशन थालनी गर्न लागेका सेनलाई छेतन गुरुङले साथ दिदैछन् । यस अघिका सिरिजका नायक प्रदीप खड्का भने यथावत् रहनेछन् । निर्माता सेनले एक विज्ञप्ति जारी गर्दै १८ - २५ वर्षका युवतीले चलचित्रका लागी अडिसन आह्वान गरेका छन्।

 

५.२ देखि ५.७ उचाई भएका युवतीले जेठ १० सम्म www.aasusenfilms.com मा गएर फारम भर्न सकिने वा filmsaasusen@gmail.com मा सम्पर्क गर्न सक्ने छन् ।

 

PROMOTED CONTENT :-