ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा चलचित्र ‘१२ सत्ताईस’ निर्माण हुने भएको छ । चलचित्रको शनिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको हो । जौन योन्जनको लेखन तथा निर्देशन रहेको चलचित्र रेणु राणा, दीपक खतिवडा र रुपक थापाको संयुक्त लगानीमा निर्माण हुने छ ।‘१२ सत्ताईस’ योन्जनको पहिलो चलचित्र हो ।चलचित्रमा समिर श्रेष्ठ, अविषेक नेपाल, अस्मिता लामिछाने, काजी राना, सम्रान्त थापा, एभन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारको मुख्य भुमिका रहने छ । यसैगरी चलचित्र बैशाख ३१ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । यही टिमले यसअघि हेमराज बिसीको निर्देशनमा चलचित्र ‘द ब्रेकअप’ निर्माण गरेको थियो तर चलचित्रले व्यापारीक र समिक्षक दुवै हिसावमा असफल चलचित्रको रुपमा नाम लेखाएको थियो ।आयोजित कार्यक्रममा निर्माता मध्येकी रेणु राणाले ‘द ब्रेकअप’ जे-जस्तो बनेतापनि ‘१२ सत्ताईस’ भने उत्कृष्ट बन्ने दाबी गरिन् ।
चलचित्रमा दीपक आजेको संगीत, निर्देशक जौन योन्जनको कथा, पटकथा तथा संवाद, प्रकाश मल्लको गीत लेखन, अनिस स्यांदेनको छायाँकन, विवेक लामाको मुख्य सहायक निर्देशन, शंकर बहादुर थापाको मेकअप, कृष्ण भण्डारीको सम्पादन सहने चलचित्रका प्रोडक्सन म्यानेजर धर्मेन्द धोज मल्ल हुन् ।