चलचित्र रिलिज मिती नजिकिँदै जाँदा कलाकारलाई धेरैभन्दा धेरै दर्शक सामु पुगुँ भन्ने हुटहुटीले गाँजेको हुन्छ । यतिबेला चलचित्र 'बिर विक्रम २'का कलाकार लगायत चलचित्र टिम प्रचारप्रसारको दौरानमा छन् । चलचित्रका मुख्य कलाकार प्रचारप्रसारको क्रममा यत्रतत्र सहभागी भैरहेका छन् । यसै क्रममा 'बिर विक्रम २'नायिका वर्षा सिवाकोटी आफ्नै तरिकाले प्रचारप्रसार गरिरहेकी छिन् । सनिबार लगनखेल स्थिती एक लेडिज पार्लरमा पुगेकी वर्षाले मायाज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टरको तेस्रो शाखाको शुभाराम्भ गर्दै उपस्थित ब्युटिसियन र सहभागीलाई चलचित्र हेर्न अनुरोध समेत गरिन् ।कार्यक्रममा बोल्दै बर्षाले मेकप सबैको लागि आवश्यक भयको र अझ हिरोईनहरुका लागि त झन आवश्यक रहेकाले मायाजबाट सेवा लिन आफू निकै उत्साहित रहेको बताएकि थिइन। सोही क्रममा संचालिका गिता गिरिले पनि मायाजको जुन सुकै शाखामा गएपनि कलाकारहरुलाई बिशेष छुट दिने बताएकी थिइन। वर्षा अभिनित पछिल्लो चलचित्र बिर बिक्रम -२ जेठ ३ गते बाट प्रदर्शनमा आउँदै छ भने मायाजको चौथो शाखा चाडै नै चाबहिलमा खुल्दै छ।
चलचित्रमा वर्षा सिवाकोटी का अलवा पल शाह, नाजिर हुसेन, बुद्धी तामाङ लगायत कलाकारको अभिनयाँ रहेको छ । चलचित्रालाई मिलन चाम्स ले निर्देशन गरेका हुन् ।