पछिल्लो समय नेपाली चलचित्रका चर्चामा आइरहेका नायिका वर्षा सिवाकोटी र वर्षा राउतले म्युजिक भिडियोदेखि चलचित्रसम्मको यात्रा एकसाथ सुरु गरेका हुन् । यी दुई ‘बर्षा’ लाई एकअर्काको प्रतिस्प्रर्धीको रुपमा लिइने गर्दछ । नाम र कामको कारण नै दुई बर्षाको तुलना सिने नगरीमा निकै गरिन्छ । एक समय म्युजिक भिडियोमा दुवै बर्षाको डिमाण्ड हाई थियो । त्यस्तै दुवै बर्षाले एउटैे ब्यानरबाट डेव्यु समेत गरेका हुन् । बर्षा सिवाकोटीले चलचित्र ‘नाई नभन्नु ल २’बाट रजतपटमा डेव्यु गरेकी हुन् भने बर्षा राउतले ‘नाई नभन्नु ल ४’बाट डेव्यु गरेकी हुन् । रजतपटमा दुवैको डेव्यु सुखद रहेता पनि दोस्रो चलचित्रबाट मात्र दुवैको चर्चा भएको थियो । नायिका सिवाकोटीले ‘पशुपति प्रसाद’मा छोटो भूमिका निभाएता पनि दर्शकको मनमा स्थान बनाउन सफल भइन् । यता अर्की नायिका राउतले पनि चर्चित कलाकारको भिड रहेको चलचित्र ‘छक्का पन्जा’मार्फत चिनाउन सफल भइन् ।
यी दुइ वर्षालाई एउटै पर्दामा हेर्न चाहने दर्शकको जमात पनि ठुलो रहेको छ । दर्शकको एउटै पर्दामा हेर्ने इच्छा कहिले पुरा हुन्छ त्यो त समयले नै बताउला तर दुइ वर्षा अभिनित छुट्टा छुट्टै चलचित्र भने एकै दिन प्रदर्शनमा आउन लागेको छ । वर्षा राउत अभिनित चलचित्र 'जात्रै जात्रा' र वर्षा सिवाकोटी अभिनित चलचित्र ‘बिर विक्रम २’ जेठ ३ गते प्रदर्शनमा आउने भएको हो । दुइलाई कडा प्रतिष्पर्धिको उपाधी दिइको छ भने नेपाली सिने नगरीमा बाजी कसको हातमा पर्ला भन्ने कौतुहलताले जन्म लिएको छ ।

 

तर बजारले प्रतिस्पर्धिको उपनाम भिराइदिए पनि यि दुइ यो कुरलाई नकार्दै आइरहेका छन् । यसैबिच आ- आफ्नो चलचित्रको प्रमोसनमा जुटेका वर्षा राउत र वर्षा सिवाकोटीका सम्बन्धका विषयमा टिक्का टिपणी र अनुमान भैरहेका बेला नायिका वर्षा सिवाकोटीले आफ्नो आधिकारिक फेसबुकमा एउटा स्ट्याटस पोस्ट गरेकी छिन् । जसमा उनले उनिहरु दुइ एक अर्काका प्रतिष्पर्धी मात्र नभएर असल मित्र भएको यसैगरी एक अर्काले सम्मान गर्नुका साथै अस्तित्व स्विकार नगरेको आरोपलाई खण्डन गरेकी छिन् । उनले भनेकी छिन्, " जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल हलमा । हामी सँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौँ ।" 
 

दुइ वर्षाको मित्रता: प्रतिष्पर्धा कि प्रेम ?

उनले यो स्ट्याटस पोष्ट गरेको केहि क्षणमा वर्षा राउतले कमेन्टमा आफुलाई थाहै नभै दुश्मनको बिल्ला भिराइएको र आफुहरु एउटै क्षेत्रमा काम गरेपछी कुनै दिन एउटै चलचित्रमा काम गर्नुपर्ने र भेटघाट पातलिँदैमा मित्रता टुटेको हल्ला फिजिनुमा आफुहरुको दोश नभएको कुरा लेखेकी छिन् । 
यतिबेला यि दुइ वर्षा अभिनित चलचित्रको प्रमोसनको मध्य बिन्दुमा पुगेको छ । प्रचारप्रसारको रफ्तार बढाइरहेका बेला मिडियामा आउने गरेका हल्लालाई सकारात्मक प्रतिकृया दिएर मित्रता को बन्धन बलियो भएको प्रमाण देखाएका छन् । प्रदर्शनको संघारमा रहेका दुबै चलचित्रलाई शुभकामना । 
​​​​​​​

दुइ वर्षाको मित्रता: प्रतिष्पर्धा कि प्रेम ?