नितिन चन्द निर्देशित वेब सिरिज 'बाजी' को ट्रेलर सार्वजनिक भएको छ । यस अघि चलचित्र 'जोनी जेन्टलमेन', म्यूजिक भिडियोहरु तथा 'हाम्रो हाईस्कूल' र 'रङ्ग टाईम' जस्ता वेब सिरिज निर्देशन गरेका नितिनको यस सिरिजको सार्वजनिक गरिएको ट्रेलर रोमान्टिक थ्रिलर छ । रोमान्टिक थ्रिलर जनरामा बनेको दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जीन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य बिषय उठान भएको 'बाजी' प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताएका छन् । वियोन्ड र निर्जला खनालको प्रमूख अभिनय रहेको 'बाजी' जेठ २ गते देखी प्रत्येक बिहिवार योर स्टाईलको यूट्युब च्यानल मार्फत प्रसारण हुने बताईएको छ । योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ श्रृंखला सम्म प्रसारण हुनेछ । योर स्टाइल र सिनेमाघरले आगामी दिनमा पनि यसैगरी सहकार्य गरेर वेब सिरिज बनाउने सिनेमाघर एपका कार्यकारी सागर खरेलले बताए ।