चलचित्र ‘होस्टेल’ र 'होस्टेल रिर्टन्स' जस्ता सफल चलचित्र निर्माण गरेको दुर्गेस फिल्मस् ले काफिया फिल्मस्को सहकार्यमा चलचित्र 'होस्टेल ब्याक अगेन' निर्माण गर्ने भएको छ । चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् भने गोविन्द शाहीले निर्माण गर्ने छन् । यतिबेला निर्देशक रावल अमेरिकामा छन् र निर्माता शाहिका अनुसार चलचित्रको सुटिङ पनि अमेरिकामा नै हुनेछ । हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बनाएर होस्टल ब्याक अगेन निर्माण गरिने भएको हो। सुनिलकै कथामा बन्ने चलचित्रको पटकथा , संवाद रायन राइजको रहनेछ । चलचित्रको छायाँकन आगामी अगस्टबाट सुरु हुने र कलाकारहरु भने अडिसनबाट छानिने बताइएको छ ।