पछिल्लो समयको हट केक हुन् प्रियंका कार्की । अभिनयले पोख्त प्रियंकाको चलचित्र व्यवसायिक रुपमा सफल नभएपनि पनि उनी भने विभिन्न विवादले चर्चामा रहन्छिन् । छोटो समयमा नेपाली सिनेमा जगतमा आफ्नो छ्ुट्टै पहिचान बनाएकी कार्की यतिबेला प्रेम सम्बन्धको कारण चर्चामा छिन् । आफु भन्दा कम उमेरको युवकसँग प्रेममा परेकी कार्कीको सामाजिक सञ्जालमा विभिन्न ट्रोलहरु बन्ने गर्छन् । उनी चलचित्र चपली हाइट २ बटा डेब्यु गरेका नायक आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा छिन् ।

यस्तै यस्तै कारण चर्चामा आइरहने प्रियंकाले मिडिया माथि आरोप थुपारेकी छिन् । उनले एक अन्तवार्तामा भनिन्,'मिडियाले मेरो नाम बेचेर पैसा कमाउँछन् भने म केही भन्दिन।' यस्तै कार्कीकी आमाले मिडियासँग बोल्दै छोरीको बारेमा गसिपहरु बन्दा रिस उठ्ने गरको बताएकी छिन् । 'दश जनासँग हिड्या भनेर लेखिदिनु हुन्छ । नराम्रो लाग्छ नि ' उनले अन्तवार्तामा भनेकी छिन् । यता प्रिंयकाका अहिलेको प्रेमी नायक आयुष्मानले उक्त अन्तवार्तामा बोल्दै पत्रकारले सकारात्मक ढंगबाट लेखिदिनु पर्ने बताए। भने,'हाम्रो सम्बन्धको बारेमा पत्रकारले गलत समाचर सम्प्रेसन गरेका छन् ।'