दयाहाङ राई स्टारर चलचित्र 'आप्पा'को नयाँ ओएसटी गीत 'अमला' सार्वजनिक भएको छ । गीत रिलिजसँगै चलचित्रको नयाँ रिलिज मिति पनि तोकिएको छ । यस अघि जेष्ठ २४ गते रिलिज हुने भनिएको आप्पा अब असार १३ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने भएको छ । सार्वजनिक गरिएको गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ भने हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत छ । गीतको भिडियोलाई किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् भने रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् । मनोरन्जनात्मक शैलीमा बनेको गीतमा दयाहाङ राइ, सिद्दान्त शिंह तामाङ लगायत कलाकार फिचर्ड छन् । गीतले ओइलाएर जाने बैँसलाई माया प्रेम ले हराभरा बनाउनु पर्छ भन्ने भाव बोकेको छ ।
चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।