अभिनेत्री रेखा थापासँग तेस्रो बैबाहिक सम्बन्ध टुंग्याएका निर्माता छविराज ओझा केहि वर्ष एकल जिवन बिताइरहेका थिए । बैबाहिक सम्बन्धमा नभएको भनिएका छविको नाम भने अभिनेत्री शिल्पा पोख्रेलसँग जोडिएर आएको धेरै समय भैसकेको थियो । तर उनिहरु दुबैले यसबारे केहि बोलेका थिएनन् । अहिले भने उनिहरुले बिवाह गरिसकेको खुलेको छ । ५ वर्षअघि छबिले निर्माण गरेको चलचित्र 'लज्जा'बाट डेब्यू गरेकी अभिनेत्री पोखरेल र छवि केहिबर्षदेखि गहिरो प्रेमसम्बन्धमा थिए । केहि हप्ताअघिदेखि निरन्तर मिडियामा उनिहरुले सुटुक्क बिहे भएको खबर आएपछि छविले यो कुरा स्विकार गरेको बताइन्छ ।५ बर्षदेखि लिभ इन टुगेदरमा रहे पनि अहिलेसम्म बिहे भएको बताएका थिएनन् । तर हालै उनिहरुले दिएको एउटा अन्तर्वार्तामा आफुहरुले ५ वर्ष अघिउ नै विवाह गरेको स्विकार गरेका हुन् ।