'नेपाल आइडल २ ' को उत्कृष्ट ५ मा पर्न सफल अमित बरालको नयाँ गीत 'यता मेरो रगतले ' सार्वजनिक भएको छ । सार्बजनिक गीतमा मोनी गौतमको शब्द रचना  तथा  एन के ब्रदरको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ । वैदेशिक रोजगारको लागि गएको युवाले निर्दोष हुदाँ हुँदै पनि सजाय भोग्नु परेको मार्मिक भावलाई लाई प्रस्तुत गरिएको गीत को भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।भिडियोमा नायक दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् । राम लुइटेलको निर्माणमा बनेको भिडियो लाई उत्सव दाहालले खिचेको हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् ।