चलचित्र ‘मखमली’को गीत चोरी आरोपमा म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । निर्मात्री सावित्री सिलवालले ‘प्रतिलिपि अधिकार सम्बन्धी उजुरी गरेपछि थापा पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । कानुनी कार्वाही र थप अनुसन्धान प्रकृया स म्ब न्धी बिस्तृत सुचना आउन बाँकी नै छ ।