जेठ १० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘साइनो’ साउन २४ मात्र प्रदर्शनमा आउने भएको छ । प्राबिधिक कारणले तोकिएको मितीमा चलचित्र रिलिज गर्न नसकेको निर्माण टिमले बताएको छ । नीता ढुंगाना र मिरुना मगरको प्रमुख भूमिका रहेको 'साइनो'लाई 'नेपालकी प्रथम नायिका', भुवन चन्द थापाले निर्माण गरेकी हुन् भने रमेश थापाले निर्देशन गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बनेको चलचित्रमा देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको निर्देशक थापाले बताए ।
नीता र मिरुनाका अलावा चलचित्रमा राज कुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको अभिनय छ ।