चर्चित तथा सफल नेपाली चलचित्र 'कबड्डी' को तेस्रो शृङ्खला 'कबड्डी कबड्डी कबड्डी' बन्ने भएको छ सोमबार राजधानीमा प्रेसमिट आयोजना गरी चलचित्र निर्माणको आधिकारीक घोषणा गरिएको हो । विवाह र अन्तरजातीय प्रेम सम्वन्धको कथा चलचित्रले बोक्ने छ । अर्गानिक स्वाद दिन पोख्त रामबाबु गुरुङको निर्देशनमा बन्ने चलचित्रलाई सिनेमा आर्ट्ले प्रस्तुत गर्ने छ भने बाँसुरी फिल्म्सले निर्माण गर्नेछ । चलचित्रलाई मनी राम पोख्रेल, ओम चन्द रौनियार र अर्जुन कार्कीले संयुक्त रुपमा निर्माण गर्ने छन् । यसैगरी पृक्वेल मा जमेका र दर्शकले मन पराएका कलाकारहरु लाई नै चलचित्रमा प्राथमिकता दिइएको छ । दयाहाङ राई , रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा, विल्सन बिक्रम राई, बुद्धी तामाङ लगायत कलाकारको मुख्य भूमिकाअ रहेने जानकारी दिइएको छ ।