सुशील श्रेष्ठ र रुबीना थापाको रोमान्स रहेको चलचित्र ‘लभ डायरीज’को फर्स्टलूक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । सौरभ चौधरी निर्देशित चलचित्र असोज ३ गते रिलिज हुनेछ भने सार्वजनिक गरिएको पोस्टरमा सुशिल र रुबिना रोमान्टिक मुडमा देखिन्छन् । चलचित्रमा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेको बताइएको छ । 'लभ डायारइज'मा सुशिल र रुबिनाको साथमा विश्वजित रिमाल विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायत कलाकारको अभिनया रहेको छ । विनोद सापकोटाले निर्माण गरेको चलचित्रलाई संजय लामाले छयाङ्कन गरेका हुन् ।