हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गर्न लागेको चलचित्र ‘लखपति माग्ने’को घोषणा गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक समारोहका विच कार्यक्रमकी प्रमुख अतिथी तथा नेपालकै प्रथम नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गर्नु भएको हो । चलचित्रलाई सवनम मुखीयाले निर्देशन गर्ने छन् । चलचित्रको छायाँकन भदौको पहिलो साताबाट सुरु हुने बताईएको छ । निर्देशक सवनम मुखीयाको लेखन रहेको चलचित्रमा अहिले सम्म कलाकारमा कमलमणी नेपाल र निरु खड्का मात्र तय भएको र बाँकी कलाकारको खोजी भइरहेको निर्माण टिमले बताएको छ ।
चलचित्रमा सन्तोष श्रेष्ठको संगीत , शान्तिप्रियको गीत रहने छ । चलचित्र हाँस्यरसमा आधारीत रोमान्टीक हुने लेखक निर्देशक सवनम मुखीयाले बताइन् । चलचित्रका निर्माता नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जन हुन् ।
यसै समारोहमा चलचित्र जुभिनाइलको दुई गीत पनि सार्बजनिक गरिएको छ । जुभिनाइल सवनमले नै निर्देशन गरेको लघु चलचित्र हो । जुन चलचित्रको अन्तिम कार्य भइरहेको छ ।। चलचित्रम कुमार गजुरेल, सञ्जना तिमल्सीना, माधव पौड्याल, मोहन चाम्लीङ, ओमकृष्ण भण्डारी, नीशा थापा, सविन कटुवाल, सुवास वडाल, जगदीश अधिकारी, विष्णु प्रसाद कोइराला, उज्ज्वल पौडेल, वसन्त रीजाल, उज्ज्वल अधिकारी, कवि राई आदि कलाकारहरुको अभिनय रहेको छ ।