चलचित्र ‘रणवीर’ बाट डेब्यू गरेकी अभिनेत्री सुपुष्पा भट्टलाई डेब्यु चलचित्रले व्यापारिक सफलता हात नपारे पनि कुनै घाटा भने भएन । उनको उपस्थितीलाई दर्शकले मन पराए भने चलचित्रहरुबाट पनि एक पछी अर्को अफर आइरहेको बुझिन्छ । केहि समय अघि रमित ढुङ्गानासँग स्क्रीन साझेदारी गर्ने अफर आएको थियो तर उनको व्यक्तिगत समस्याको कारण चलचित्र साइन गर्न नसक्ने बताएकी थिइन् । सुपुष्पाका अनुसार अहिले उनलाई नेपालीभन्दा भोजपुरी फिल्मबाट धेरै अफर आउन थालेको छ । उनी भन्छिन्, 'मलाई लगातार भोजपुरी फिल्मबाट अफर आइरहेको छ । तर, अहिलेसम्म कुनै फिल्म साइन गरेको छैन ।' उनि भोजपुरीभन्दा पनि नेपाली चलचित्रमै काम गर्न आफु इच्छुक भएको बताउँछिन् ।कुराकानीको क्रममा उनले केही दिनमा आफू नयाँ फिल्ममा आबद्ध हुने बताएकी छन् । चलचित्र 'रणविर'का निर्देशक गोबिन्द सिंह भण्डारीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र 'खलनायक २' मा सुपुष्पालाई अफर गरिएको र उनले सकारात्मक प्रतिकृया दिएको भन्ने हल्ला साँचो हो कि भन्ने प्रश्नमा आफुलाई 'खलनायक २' बाट अफर नआएको उनि बताउँछिन् ।