चलचित्र 'म यस्तो गीत गाउछु' को नयाँ गीत सार्वजानिक भएको छ । 'किन आजकाल' बोलको गीत मंगलबार दिउँसो युट्युव मार्फत सार्वजानिक भएको हो । चलचित्रले यस अघि नै एउटा गीत र ट्रेलर आउट गरिसकेको छ ।
अम्बिका शर्माको शब्द अर्जुन पोखरेलको , संगीत र स्वर रहेको सार्वजानिक गीतको भिडियोमा चलचित्रका मुख्य पात्र नायक पल शाह र पूजा शर्माको केमेस्ट्रीलाई देखाईएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र 'म यस्तो गीत गाउछु' लाई चलचित्रकी नायिका पूजा शर्माले निर्माण गरेकी हुन । चलचित्रमा पल र पूजाको साथमा रुपा राणा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।