चलचित्र पत्रकार संघले प्रदान गर्ने ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ को घोषणा भएको छ । बुधबार बसेको कार्यसमिति बैठकले चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराईलाई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

चलचित्र पत्रकार संघले घोषणा गर्‍यो चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार

यसैगरी रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको समेत छ । पुरस्कार स्वरुप जनही नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ । चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार स्वरुप  मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई सम्मान गरिने भएको छ ।  प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिने छ । 
यही जेठ ७ मा हुन गईरहेको २० औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिएका छन् ।