जेठ ३ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचिर्त्रा ‘वीर विक्रम २’ले बुधवार कलकार, पत्रकार तथा सिने कर्मीको उपस्थितिमा प्रिमियर सम्पन्न गरेको छ । ‘रोयल प्रिमियर’ नाम दिइएको प्रिमियरमा चलचित्रका कलाकारहरु बाजागाजाका साथ बैजनी कार्पेटमा उपस्ठित भएका थिए । प्रिमियरमा बिजाय लामा, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री,कुन्जना घिमिरे, शिव श्रेष्ठ, प्रमोद खरेल लगायत कलाकारको उपस्थिती रहेको थियो । चलचित्रका कलाकारु वर्षा सिवाकोटी, नाजिर हुसेन र पल शाह आकर्षनका केन्द्र बनेका थिए । मित्रताको सम्बन्ध र प्रेम कथामा आधारित चलचित्र हेरिसकेपछी उपस्थित अतिथी तथा चलचित्रकर्मीले सकारात्मक प्रतिकृया दिएका छन् । प्रतिकृया दिएन क्रममा अभिनेता शिब श्रेष्ठले धेरै वर्षपछी एउटा सुन्दर चलचित्र हेर्ने मौका जुरेको बताएका छन् ।
रोयल प्रिमियरमा सिनेमाका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो वितरण गरिएको थियो । यसरी घोषणा समारोह देखी प्रिमियरसम्म आइपुग्दा निर्देशक मिलन चाम्सले तयारीमा कुनै कसर बाँकी छोडेनन् । तामझामसहित आयोजना गरिएको प्रिमियरमा छुट्टै रौनक छाएको थियो ।