‘डीआइडी लिटिल मास्टर्स सिजन ३’को टाइटल जितेकी तेरिया मगर यतिबेला मिडियाको आँखाभन्दा पर छिन् । धेरै समय भारतमै बस्ने तेरिया बुधवार चलचित्र 'बिर विक्रम २' को प्रिमियरमा काठमाण्डौको कुमारी हलमा भेटिइन् । चलचित्र हेरिसकेपछी आफुलाई चलचित्रले कहिले हँसाएको र कहिले रुवाएको प्रतिकृया दिँदै पत्रकारसँगको कुराकानीमा उनले अहिले चलचित्रमा अभिनय गर्ने आफ्नो कुनै योजना नभएको बताइन् । मिडियामा उनले चलचित्र खेल्ने तयारी गरिरहेको खबर आउँदा आफु अचम्ममा परेको कुरा खोलिन् । अहिले आफु अध्ध्यनको क्रममा भएको र कुनै दिन चलचित्रमा अभिनय गर्न सक्ने भए पनि हालको लागी कुनै प्लान नभएको उनि बताउँछिन् ।