जेठ ३ गते शुक्रबार प्रतिक्षीत चलचित्र 'जात्रै जात्रा' प्रदर्शनमा आउन लागेको छ । मल्टिप्लेकसमा राम्रो सोज पाएको यस चलचित्रले अग्रीम टिकट बुकिङ खुल्ला गरेको छ । चलचित्रले जय नेपाल ह लमा ४, सिभिलमा ४, कुमारीमा ४, छाया सेन्टरमा ३, लबिम मलमा ४ शोज पाएको छ । सबैभन्दा ठुलो क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिइएको छ । यसैगरी काठमाण्डौको बीग मुभिजले पनि यो चलचित्रलाई ४ शो दिएको छ । 
विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन् । सुन काण्डको वास्तविकता के हो ? २ करोड ८० लाख नक्कली नोट कसरी बन्यो ? लगायत विषयलाई कथा बस्तु बनाइएको चलचित्र 'जात्रै जात्रा' ले बम्पर ओपनिङ गर्नेमा सम्पुर्ण टिम विश्वस्त देखिन्छ ।