हरी हुमागाईको निर्देशनमा बनेको चलचित्र 'सरौतो' आउँदो असोज ३ गते रिलिज हुने भएको छ । निर्देशक हरी उत्कृष्ट सिनेम्याटोग्राफरको रुपमा नाम चिनिएका अनुभवी सिनेम्याटोग्राफर हुन् । बिभिन्न भिडियो र विज्ञापन निर्देशन गरिसकेका उनको यो चलचित्रमा डेब्यु निर्देशन हो ।  रिभेन्जको कथामा निर्माण भएको एक्सन जनरको चलचित्र हो 'सरौतो' । विरान्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् । राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन रहेको चलचित्र सुमी मोक्तान , सन्नी सिंह , विजय लामा , युवराज लामा , धिरेन शाक्य , आमिर गौतम , अरुणा कार्की लगायत कलाकारको अभिनय रहेको छ ।