गायिका अन्जु पन्त र रोशन अधिकारीको स्वरमा रहेको गीत 'झ्यालको पर्दा' सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीत को भिडियो समेत सार्बजनिक गरिएको हो । गीत मा अर्जुन पोखरेलको संगीत रहेको गीतमा लोकराज अधिकारीको शब्द रहेको छ भने भिडियोमा प्रियंका कार्की र गायक अधिकारी फिचर्ड छन् । सार्बजनिक गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ । शिब बिकले निर्देशन गरेको भिडियोलाइ रामेश्वर कार्कीले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।