फ्राइडे रिलिजमा यो हप्ता दुइ प्रतिक्षित चलचित्रको प्रतिष्पर्था हुने भएको छ । पछिल्लो समय चर्चा बटुलिरहेका नायिका द्वय वर्षा राउत र वर्षा सिवाकोटी अभिनित छुट्टाछुट्टै चलचित्र प्रदर्शनमा आएका हुन् । यि दुइ चलचित्र हुन् 'बीर विक्रम २' र 'जात्रै जात्रा'। चलचित्रको व्यापारिक र अस्तित्व जगेर्ना गर्ने भिडन्तले चलचित्र रिलिज पुर्व नै नेपाली सिने बजार तातिरहेको छ । दुबै चलचित्र हिट चलचित्रको सिक्वेल भएका कारण पनि व्यवसायिक सफलता हात पार्नै पर्ने चुनौती दुबैलाई छ । दुबै चलचित्रप्रति दर्शक र कलाकार लगायत निर्मण पक्षमा निकै ठूलो अपेक्षा रहेको छ । पहिलो पटक बक्सअफिसमा आमने-सामने भएकाअभिनेत्री द्वय वर्षा राउत र वर्षा सिवाकोटीको लागी पनि यो परिक्षाको समय भएको छ । 'बीर विक्रम २' लाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने 'जात्रै जात्रा' का निर्देशक प्रदीप भट्टराई हुन् । दुबै निर्देशक दर्शकको विश्वास जित्न सफल निर्देशक पनि हुन् ।
चलचित्र 'जात्रै जात्रा' मा वर्षाका अलावा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । यस्तै, 'बीर विक्रम २' मा वर्षासँगै पल शाह, नाजिर हुसेन, बुद्धि तामाङको प्रमुख भूमिका छ । दुबै फिल्मले मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएका छन् अब दर्शकको साथ कसलाई बढी मिल्छ त्यो त हेर्न बाँकी नै छ । दुबै चलचित्रलाई शुभकामना ।